काठमाडौँ – विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किने नागरिकका लागि व्यवस्था गरिएका होटल ‘क्वारेन्टाइन’ सम्बन्धी मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सबै होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्था गर्न नसकिने जनाउँदै त्यसका लागि न्यूनतम मापदण्ड तोकेको हो ।
स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी कम्तीमा २० कोठा भएको हुनुपर्ने छ । त्यस्तै होटल परिसरमा छुट्टै गेट वा कम्पाउन्ड भएको, घुमफिर गर्न सक्ने बगैँचा वा खुला स्थान हुनुपर्ने छ । होटल क्वारेन्टाइनमा बसेकाहरूलाई खाना, खाजा र पानी लगायतका सुविधा, स्वाब सङ्कलनका लागि होटल परिसरमा खुला स्थान अनिवार्य हुनुपर्ने छ ।
होटलमा बाथरुम सहितको कोठा, इन्टरनेट, टीभी, नुहाउन २४सैँ घण्टा तातोपानी, कोठा तथा प्यासेजमा मात्र खाना, नास्ता लगायतका सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था, हात धुन साबुनपानी, सेनिटाइजर अनिवार्य गरिएको प्रशासकीय अधिकृत रमा घिमिरेले बताइन् ।
टाबेल, टुथपेस्ट, साबुन, स्याम्पु, ब्रस कम्तीमा हप्ता दिनसम्म पुग्ने गरी कोठाभित्र नै व्यवस्था गर्नुपर्ने छ । होटलमा रहेका जिम तथा शारीरिक व्यायाम, साउनालगायत भीडभाड हुने कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन ।
होटल क्वारेन्टाइनमा सात दिन बस्ने नागरिकका लागि होटल एसोसिएसन नेपाल (हान) र होटल व्यवसायी महासङ्घले निर्धारण गरेको सात रात आठ दिनको प्याकेजअनुसार दुई जना बस्ने कोठाका लागि प्रतिव्यक्ति ११ हजार (एकमुष्ट २२ हजार) र एक जना बस्ने कोठाका लागि एकमुष्ट १७ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने हुन्छ । यो शुल्कमा होटलले नै विमानस्थलदेखि होल्डिङ सेन्टर एवं होटलसम्म पिकअपको खर्चसमेत समावेश गरिएको छ ।
उद्धार उडानबाट आएका नागरिकले सामान्यदेखि तारे होटलसम्म ‘सिङ्गल वा डबल रुम’ बुकिङको हरियो, निलो र बैजनी रङको भौचर अनिवार्य साथमा बोक्नुपर्ने छ ।
काठमाडौँ उपत्यकाका करिब डेढ सय होटललाई क्वारेन्टाइनका रूपमा रूपान्तरण गरिएको छ । तीन तारे वा सोभन्दा माथिल्लो स्तरका होटलमा बस्नेहरूका लागि नेपाल होटल सङ्घ र होटल व्यवसायी महासङ्घले विमानस्थलदेखि होटलसम्म पुर्याउन आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस