सोल – दक्षिण कोरियाली शिक्षा मन्त्रालयले राजधानी सोल र आसपासका क्षेत्रमा रहेका विद्यालयहरु आगामी सेप्टेम्बर ११ सम्म बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना संक्रमण बढ्दै गएका कारण उक्त क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थालाई दुर शिक्षा प्रणाली अन्तरगत जान समेत मन्त्रालयले निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयका अनुसार राजधानी सोल, ख्यंगी तथा इन्छन प्रान्तका विद्यालय, किण्डरगार्डेन लगायतका सम्पूर्ण शैक्षिक संस्थाहरु आगामी सेप्टेम्बर ११ सम्म बन्द रहने छन् । मन्त्रालयको उक्त निर्देशनमा विश्वविद्यालय तहका कक्षाहरु भने बन्द नहुने समेत बताइएको छ ।
६० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरु, विषेश प्रकारका विद्यालयहरुको हकमा मन्त्रालयसँग समन्वय गर्न भनिएको छ । दक्षिण कोरियामा कोरोना संक्रमण दर अत्याधिक बढेकाले सरकारले उक्त निर्णय लिनु परेको मन्त्रालयले स्पष्ट पारेको छ ।
सरकारको उक्त निर्णयसँगै राजधानी सोलस, छोङ्जी, इञ्चोन लगायतका क्षेत्रमा रहेका २१०० बढी विद्यालयहरु बन्द गरिएको छ । उक्त क्षेत्रमा कार्यरत विद्यालयका ४६ जना शिक्षकहरुमा कोरोना संक्रमण पाइए पश्चात सरकारले विद्यालयलाई बैकल्पिक शिक्षण प्रविधिमा जान निर्देशन समेत दिएको छ ।
मे २० बाट विद्यालय सञ्चालन भए यता ३०७ जना विद्यार्थि तथा ७४ जना शिक्षकहरुमा कोरोना संक्रमण देखिए पश्चात विद्यार्थिहरुको कोरोना परीक्षणलाई तीव्रता दिईने समेत बताएको छ । सरकारले न्युनतम ४ लाख ७० हजार विद्यार्थीहरुको कोरोना परीक्षण गर्ने समेत उल्लेख गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस