वासिङ्टन – आफ्ना तीन बच्चाहरूको सामुन्ने अमेरिकाको विस्कॉन्सिन राज्यको केनोशा शहरमा एक अश्वेत पुरूषमाथि त्यहाँको प्रहरीले थुप्रै राउन्ड गोली प्रहार गरेपछि सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले सोमबार नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन्।
गोली हानिएका ती व्यक्ति २९ वर्षीय याकुब ब्लेक भएको रोयटर्सले जनाएको छ। शल्यक्रिया गरिएका उनको उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। उनीमाथि प्रहरीले आइतबार नियन्त्रणमा लिने क्रममा ढाडमा करिब ७ राउण्ड गोली प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
घटनाको सार्वजनिक भएको भिडिओमा प्रहरीको घेराबन्दीका बाबजुद आफ्नो गाडीमा प्रवेश गर्ने लागेका ती पुरूषलाई उनको लुगामा समातेर प्रहरीले गोली हान्दै गरेको देखिन्छ।
प्रहरीले गोली हान्दा उनका तीन सन्तान गाडी भित्र नै थिए।
प्रहरीको यो ज्यादती सार्वजनिक हुनेबित्तिकै त्यहाँ नागरिकहरू प्रदर्शनमा उत्रेका छन्।
नागरिकहरूको प्रदर्शन थप हिंस्रक हुने अनुमान गर्दै सो राज्यका गभर्नरले नेशनल गार्ड परिचालन गर्ने आदेश दिएका हुन।
प्रहरीले गाडीभित्र केही अन्य केही देखेर गोली चलाएका हुन् या यत्तिकै गोली चलाए भन्ने बारेमा केही थाहा हुन सकेको छैन।
यसअघि केही महिना अगाडि अमेरिकाको मिनियापोलिसमा अफ्रिकीमुलका एक अमेरिकी नागरिकको निधन भएपछि अश्वेत अमेरिकीमाथिको प्रहरीको विभेदपूर्ण व्यवहारको विरोध गर्दै अमेरिकाभर व्यापक प्रदर्शनहरू भएका थिए।
त्यतिबेला प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएको थियो। प्रहरीले नियन्त्रणमा लिनेक्रममा घुँडाले लामो समयसम्म जर्जको घाँटी थिच्दा उनको मृत्यु भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस