सोल-उत्तर कोरियाले सन् १९४५ मा स्वदेश फर्किरहेका आफ्ना ५२४ जना नागरिकको हत्या गरेको भन्दै जापानसँग क्षतिपूर्ति माग गरेको छ ।
सोमबार एक विज्ञप्ति मार्फत उत्तर कोरियाले उक्त घटनालाई लिएर जापानले आफूसँग माफि माग्नुपर्ने तथा क्षतिपूर्ती उपलव्ध गराउनु पर्ने बताएको हो ।
दोश्रो विश्वयुद्धका बेला जापानले जबरजस्ति आफ्ना नागरिकहरुलाई युद्धमैदानमा लगेको बताउँदै उत्तर कोरियाली प्रबक्ताले जापानलाई आफूलाई लागेको अपराधको दाग मेटाउन समेत भनेका छन् । उनले जापानलाई पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराई अपराधको पुस्तक बन्द गर्न समेत भनेका छन् ।
सन् १९४५ को अगष्टमा दोश्रो विश्व युद्ध पश्चात करिव ४ हजार कोरियाली नागरिक बोकेर बुसान क्षेत्रतर्फ जाँदै गरेको उक्त पानी जहाज अमेरिकी सेनाले राखेको धरापमा परि विष्फोट हुँदा आफ्ना त्यति नागरिकहरु मारिएको बताउँदै क्षतिपूर्ति माग गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएले जनाएको छ ।
सन् २००१ मा जापानको एक जिल्ला अदालतले सोही मुद्धामा फैसला गर्दै उक्त घटनामा परेका १५ परिवारलाई ४५ मिलियन येन क्षतिपूर्ति उपलब्ध गराउन भनेको थियो भने अन्यको हकमा भने सम्बन्ध स्पष्ट हुन नसकेको भन्दै पटक पटक मुद्धा सर्दै आएको छ ।
पछिल्लो पटक जापानबाट स्वतन्त्र भएको ७५ औँ बार्षिकोत्सब पश्चात उत्तर कोरियाले उक्त मुद्धा पुनः उठाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस