काबुल – पूर्वी अफगानिस्तानको सडक क्षेत्रमा भएको बम विस्फोटमा सात जनाको ज्यान गएको छ।
प्रान्तीय गभर्नरका प्रवक्ता वाहिदुल्लाह जमुजादाका अनुसार गजनी प्रान्तको जघातु जिल्लामा सवारी साधानमा बम विस्फोट हुँदा तीन महिला, दुई बालबालिका र दुई पुरुषको मृत्यु भएको हो।
अफगानिस्तानमा शान्तिवार्ता, सम्झौता र युद्धपश्चात अफगानिस्तानको लागि निकास खोज्ने प्रयासको बावजुद पनि अफगानी नागरिकहरु मुलुकभर हिंसाको चपेटामा परेका छन्।
संयुक्त राष्ट्र संघले जुलाईमा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को छ महिनामा अफगानिस्तानमा हिंसात्मक आक्रमणबाट एक हजार दुई सय ८२ मानिस मारिएका छन्। सयौं मानिसहरु घाइते भएका छन्।
दुई दशकदेखि आतंकवादी समूहहरु र सरकारबीचको द्वन्द्व महिना र बालबालिका बढी प्रभावित भएका छन्। हिंसामा परी ४० प्रतिशत नागरिकले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा घाइते पनि भएको राष्ट्र संघले उल्लेख गरेको छ।
अफगानिस्तानमा युद्धविराम गर्न तालिवानसँग पटकपटक वार्ता भएर एक चरणको शान्ति सम्झौता भए पनि अझै हिंसा रोकिएको छैन। तालिवानले सरकारले आफ्ना सबै लडाकुहरू रिहा गर्नुपर्ने माग गरेको छ। तर यसमा सहमति जुट्न नसक्दा शान्तिप्रक्रिया अगाडि बढ्न सकेको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस