सोल – दक्षिण कोरियाको प्रतिष्ठित स्मार्टफोन निर्माता कम्पनि एलजीले आफ्नो बहुप्रतिक्षित स्मार्ट फोन सार्वजनिक गरेको छ ।
पछिल्ला समयमा मोवाइल फोन क्षेत्रमा खासै दबदवा राख्न नसकेको कम्पनिले यो नयाँ स्मार्टफोन मार्फत आफूलाई स्थापित गराउन खोजेको कम्पनिले जनाएको छ ।
क्युनाइनटु मोडलको उक्त स्मार्ट फोन एलजी कम्पनिको पहिलो स्मार्ट फोन हो । ४ सय २० अमेरिकी डलर मुल्य निर्धारण गरिएको उक्त स्मार्ट फोन क्यू सेरिजको पहिलो फाइभ जी स्मार्ट फोन रहेको पनि कम्पनिले जनाएको छ ।
४८ मेगापिक्सेलको क्वार्ड क्यामरा रहेको उक्त स्मार्ट फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स तथा ५ मेगापिक्सेलको डेप्थ सेन्सर लेन्स राखिएको छ । ३२ मेगापिक्सेलको सेल्फी क्यामरा उक्त स्मार्ट फोनका आकर्षक पक्ष हुन् ।
६ जिबि र्याम भएको यो स्मार्टफोनमा १२८ जिबिको मेमोरी रहेको छ । यसले २ टिबि सम्मको मेमरीकार्ड सपोर्ट गर्छ । क्वालकम स्न्यापड्र्यागन ७६५ जी चीपसेट जडित यस स्मार्ट फोनमा ब्याट्री भने ४००० एमएएचको रहेको छ |
दक्षिण कोरियामा यस फोनलाई सामसुङको ए फाइव वान मोडल तथा चिनियाँ कम्पनि स्याओमीको एमआइ टेनसँग तुलना गरिएको छ ।
कम्पनिमा निरन्तर घाटा पश्चात आफूलाई स्मार्टफोन मार्फत स्थापित गराउन मध्यम मुल्यका स्मार्टफोनहरु बजारमा ल्याउने कम्पनिले रणनिति लिएको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस