सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढीपहिरोको जोखिममा २४२ बस्ती रहेको जानकारी दिइएको छ । सदरमुकाम चौतारामा भएको प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्तीहरूको पहिचान र स्थानान्तरणसम्बन्धी कार्यक्रममा सो कुरा पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले बताएका हुन् ।
बलेफी गाउँपालिकामा १४, बाह्रबिसे नगरपालिकामा २३, भोटेकोसी गाउँपालिकामा ४९ र चौतारा साँगचोकगढी नगरपालिकामा चार बस्ती जोखिममा रहेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा ३४, इन्द्रावती गाउँपालिकामा १९, जुगल गाउँपालिकामा ३३ र लिसङ्खुपाखर गाउँपालिकामा १० बस्ती जोखिममा रहेका छन् ।
मेलम्ची नगरपालिकामा १९, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ३२, सुनकोसी गाउँपालिकामा एक र त्रिपुरासुन्दरी गाउँपालिकामा चार बस्ती बाढीपहिरोको जोखिममा रहेको प्राविधिकहरूले जनाएका छन् ।
२१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोनमा र ७६ बस्ती ग्रीन जोनमा रहेको उनीहरूले बताएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुगल गाउँपालिकाका केही बस्तीलाई तत्कालै स्थानान्तरण गर्ने जानकारी दिएका छन् । लिदी, नाम्फा र बोल्दे गाउँलाई तत्काल स्थानान्तरण गरिने उनले बताएका छन् । साथै बाह्रबिसे नगरपालिकाका ६५ परिवारलाई पनि तत्काल सारिने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस