काठमाडौंँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
घटेन जोखिम
निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।
भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ ।
अवस्था जटिल हुनसक्छ : विज्ञ
त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताउनुभयो । उहाँले अहिले देखिएका ‘केस’ साउन महिनाको भएकाले निषेधाज्ञा भए पनि सङ्क्रमणको सङ्ख्या धेरै देखिएको बताएका छन् ।
बन्जाराले बन्दाबन्दी खुलेपछि नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेको भन्दै सङ्क्रमण शून्य भएका देशमा पनि कुनै चमत्कार नगरी जनस्वास्थ्यका नियम मात्र पालना गरेको बतए । उनले नियमित मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र कुनै जमघट हुनुभन्दा पहिले त्यहाँ निर्मलीकरण गर्ने, साबुनपानीले जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्य मन्त्रालय, महानगरपालिका लगायतका निकायका कारण सङ्क्रमण बढेको बताए ।
उनले समुदायभन्दा माथि गइसकेको सङ्क्रमण रोक्न कठिन हुने भन्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सक्नुपर्ने बताएका छन् । देशभर थपिए ६३४ सङ्क्रमित मन्त्रालयका अनुसार काठमाडाँै उपत्यकामा २१६ जनासहित देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ ।
नौ जनाको मृत्यु
यसैबीच शनिबार नेपालमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले गत २४ घण्टामा थप नौको मृत्यु भएको जानकारी दिएका छन् । उनले भक्तपुर, मकवानपुर, सिरहा, बाराका एक एक पुरुष, पर्साका तीन पुरुष र सुनसरीमा छ वर्षीया बालिका र एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस