सोल- दक्षिण कोरियाली डक्टरहरुले आफूहरुले जारी राखेको देशब्यापी हड्ताल बन्द नगर्ने बताएका छन् ।
सरकारले ल्याएको स्वास्थ्य सेवा ऐनको बिरोधमा उत्रिएका उनीहरुले सरकारले आन्दोलन छाडेर बार्तामा बस्न गरेको सरकारी आग्रहलाई बेवास्ता गर्दै हड्ताललाई निरन्तरता दिने भएका छन् ।
सरकारले कोरोना कहर नसकिउञ्जेल उक्त ऐन कार्यान्वयन नगर्ने बताएता पनि उनीहरुले आन्दोलन रोकेका छैनन् ।
दक्षिण कोरियाली स्वास्थ्य मन्त्री पार्क नियोङ होले सरकार डक्टरहरुको मागमा बार्तामा बसी सहमति गर्न तयार रहेको बताउदै डक्टरहरुलाई काममा फर्किन अनुरोध गरेका छन् ।
उनले हाल फैलिरहेको कोरोना संक्रमणको स्थिति सहज हुने बित्तिकै बार्तामा बस्न सरकार तयार रहेको समेत बताएका छन् ।
यता दक्षिण कोरियाली डक्टरहरुले भने सरकारले गरेको बार्ताको आह्वान राजनितिक स्वार्थ सिद्धिका लागि मात्र भएको बताउदै आफ्नो हड्ताल अनिश्चित कालिन भएको समेत बताएका छन् ।
उनीहरुले आफ्ना मागहरुमा कुनै किसिमको लचकता नगरिने बताउदै सरकारले उक्त ऐन खारेज नगरे सम्म आन्दोलन नरोकिने समेत स्पष्ट पारेका छन् ।
कोरोना संक्रमणको यो महामारी परिस्थितिको गाम्भिर्यतालाई नबुझ्ने डक्टरहरुलाई बार्तामाखबस्न गरेको आह्वानलाई अटेर गरि आन्दोलनलाई निरन्तरता दिईएको पाइएमा संक्रमण रोग नियन्त्रण ऐन अन्तरगत कारबाही गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।
उक्त नियम अनुसार ती डक्टरहरुको लाइसेन्स खारेजी देखि लिएर ३ बर्ष सम्मको जेल सजाय सम्म गर्न सकिने सरकारी अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस