नेपालगञ्ज – बाँकेमा शनिवार २१ जनाले कोरोना जितेर निको भई घर फर्किएका छन् । गत केही दिनयता जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या बढ्दैगएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार जिल्लामा गत तीन दिनमा मात्रै सय जनाले कोरोनालाई जितेर निको भएर घर फर्किएका छन् ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बिहीबार र शुक्रबार गरेर ७९ जना डिस्चार्ज भएको जनाउँदै शनिबार थप २१ जना निको भएर डिस्चार्ज भएपछि तीन दिनमा निको हुनेको सङ्ख्या एक सय पुगेको बताए ।
उनले जिल्लामा शुक्रबारसम्म ८११ जनालाई कोरोना सङ्क्रमण देखिएकोमा ५६८ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेको बताएका छन् । शनिबार आठ जना महिला सहित १३ जना पुरुष गरेर २१ जना निको भई घर फर्कनुभएको हो । कोरोना परीक्षणको नतिजा पोजिटिभ देखिएपछि उहाँहरूलाई गत साउन २४ गते जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो ।
आइसोलेसन सेन्टरमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका व्यक्तिहरूलाई डिस्चार्ज गर्न लागिएको सम्पर्क व्यक्ति श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा अझै २३५ जनाको उपचार भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस