काठमाण्डौँ – इरानमा अमेरिकाले पुनः प्रतिबन्ध लगाउने विषयबाट संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १५ सदस्य राष्ट्रमध्ये १३ सदस्य राष्ट्र पछि हटेका छन्।
२४ घण्टामा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले संयुक्त राष्ट्र संघीय प्रतिबन्ध फिर्ता गर्न ३० दिनको समय काउन्टडाउन गरेका छन्।
अमेरिकाले राष्ट्र संघको प्रावधानअनुसार पुनः प्रतिबन्ध लगाउने अधिकार आफूलाई भएको बताएको छ। अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउन राष्ट्र संघलाई औपचारिक आग्रह गरेको थियो।
बेलायत, फ्रान्स, जर्मनी र बेल्जियमका साथै चीन, रुस, भियतनाम, नाइजर, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, दक्षिण अफ्रिका, इन्डोनेसिया, इस्टोनिया र ट्युनिसियाले विपक्षमा पत्र काटिसकेका छन्।
अमेरिकाले इरानलाई सन् २०१५ को सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ, अमेरिकाले तेहरानलाई आणविक हतियार विकास गर्न रोक्न खोजेको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अहिलेसम्मको खराब सम्झौता भन्दै सन् २०१८ मा यसबाट अलग भएका थिए।
कुटनीतिज्ञहरुले रुस, चीन र अन्य देशहरुले पुनः प्रतिबन्ध लगाउने विषयमा समर्थन गर्न असम्भव रहेको बताएका छन्। पोम्पिओले इरानमाथि प्रतिबन्ध लगाउन अस्वीकार नगर्न रुस र चीनलाई शुक्रबार पुनः चेतावनी दिएका थिए।
अमेरिकाले इरानमाथि हतियारसम्बन्धी प्रतिबन्ध लगाउने बोलपत्र सुरक्षा परिषदले गत साता खारेज गरेपछि बिहीबार अमेरिकाले चेतावनी दिएको हो। डोमिनिकन गणतन्त्रमा अमेरिकाको पक्षमा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस