सोल -उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन कोमामा रहेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम दे जङ्गका सुरक्षा अधिकृतले बताएको ‘द कोरियन हेराल्ड’ले जनाएको छ।
समाचार अनुसार पछिल्लो पटक किमले आफ्नी बहिनीलाई पार्टी सञ्चालनको अधिकार दिनु उक्त तर्कको प्रमाण भएको समेत उनले बताएका छन् ।
पूर्व राष्ट्रपति किम दे जङ्गका राजनितिक सल्लाहकार समेत रहेका उनले किमले बहिनीलाई शक्तिशाली बनाउदै गएको बताउदै त्यसले मात्र किमकी बहिनी किम यो जङलाई किमको उत्तराधिकारी बनाउन नसक्ने बताएका छन् ।
दक्षिण कोरियाली खुफिया एजेन्सीले भने किमले बहिनीलाई शक्तिशाली बनाउनु किममा गम्भिर स्वास्थ्य हुनु नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै चाङले किममा गम्भिर स्वास्थ्य समस्या नआई आफूमा निहित शक्ति अरुलाई हस्तान्तरण गर्न नसक्ने बताउदै बहिनीलाई अधिकार थप्नुले किममा स्वास्थ्य समस्या बढेका कारण शासन गर्न समस्या भएको बताएका छन् । उनले किम हाल अस्पताल भर्ना भएको दावी समेत गरेका छन् ।
आफूले चीनबाट समेत विस्वस्त सूचना प्राप्त गरेको बताउदै चाङले हाल किम राजनितिक गतिविधिमा सकृय नरहेको दावी गरेका छन् भने पछिल्ला दिनमा उत्तर कोरियाली सञ्चार माध्यममा आएका किमका तस्विरहरु झुटा र पुराना रहेको समेत बताएका छन् ।
चाङले भनेका छन -‘ मैले पाएको सुचना अनुसार किम मृत नभए पनि गम्भिर स्वास्थ्य समस्या सहित अस्पतालमा रहेका छन् र उनको रिक्तता महसुस हुन नदिन तथा देशको शासन व्यवस्थामा दरार हुन नदिन बहिनीलाई अधिकार दिएका हुन् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस