काठमाडौ – कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन तथा आइसोलेशनको सुरक्षामा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको बताएका छन् ।
नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरीको निर्देशनमा नेपालका सबै जिल्लाहरुमा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको उनले बताए ।
कोरोनाको संक्रमण रोक्नको लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्ति फिल्डमा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बलका २९ हजार जनशक्ति नेपाल भारतको सिमानादेखि, पहाडी हिमाली जिल्लाहरुमा समेत खटिएको अर्यालले बताए ।
नेपाल सरकार,गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलले दिएको निर्देशनसँगै स्थानीय तहसँग सहकार्य गरेर कोभिड नियन्त्रणमा जनशक्ति परिचालन भएको अर्यालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै निशेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन एक हजार पाँचसय सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता अर्यालले बताए ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा चार हजार ७०० सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरीका र सशस्त्र प्रहरीका करिब चार हजार ७०० सुरक्षाकर्मी खटाइएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै तीन हजार ३ सय प्रहरी परिचालन भएका छन् । त्यसमा ट्राफिक प्रहरीको संख्यामात्रै एक हजार ४३५ रहेको एसएसपी यादवले जानकारी दिए ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस