काठमाडौँ – सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् ।
मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड–१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ ।
दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवम् सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोभिड–१९ का बिरामीलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ । यस्तै समितिले कन्ट्र्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरुपमा मापदण्डअनुसार क्यारन्टिन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्नेछ ।
यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमणमा भई अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने, कोभिड–१९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य यथाशीघ्र गर्नका लागि पलह गर्ने, आइसियु र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने गरी समिति गठन गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस