काठमाडौं – निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई होल्डमा राखेको हो ।
उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिएका छन् । यादवका अनुसार अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले यो कार्य निरन्तर हुने बताएका छन् । कोभिड नियन्त्रण भन्दा बाहिर जान नदिन प्रहरीले प्रयास गरिरहेको उनले बताए ।
उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहीबार काठमाडौ,भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको पनि उनले बताए ।
भक्तपुर जिल्लामा मनहरा पुलदेखि साँगासम्म सवारी साधनहरुको भिड हुने भएकाले निशेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । भक्तपुरमा प्रहरीले विना काम हिडडुल गर्ने २३५ जनालाई प्रहरीले दुई घन्टासम्म होल्डमा राख्ने गरेको छ ।
महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले बिना काम बाहिर निस्कनेहरुलाई दुई घन्टा होल्डमा राखिएको जानकारी दिएका छन् । बिना पास र अत्यावश्यक सेवा बाहेकले हिड्ने सवारी साधनहरुलाई समेत प्रहरीले होल्डमा राखेको छ ।
काठमाडौंका मुख्य सडक तथा शाखा सडकहरुमा अतिआवश्यक कामका बाहेक अन्य सवारी साधनहरु संचालन भएका छैनन् । उपत्यकामा प्रवेश गर्ने साँगा, थानकोट नाकामा निक्कै कडाइ गरिएको प्रहरीले जनाएको छ । पहिलो दिने भएकाले निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने एसएसपी यादवले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस