सोल-दक्षिण कोरिया तथा जापानको सीमा क्षेत्रको बीचमा अवस्थित समुद्रमाथि सैयौँ अमेरिकी बम बर्षक विमानहरुले शसश्त्र सैन्य अभ्यास गरेका छन् ।
बुधबार सार्वजनिक गरिएको जनाकारी अनुसार सैयौँको संख्यामा अत्याधुनिक अमेरिकी सैनिक विमानहरुले उक्त क्षेत्रमा अभ्यास गरेका थिए ।
मंगलवारबाट सुरु गरिएको उक्त संयुक्त सैन्य अभ्यासका क्रममा अमेरिकाले दक्षिण कोरिया ल्याएका अत्याधुनिक बी—एलबी ल्यान्सर्स तथा बी– २ बम बर्षक विमानहरुको प्रयोग गरिएको थियो ।
अमेरिकी तथा दक्षिण कोरियाली सैनिकहरुले संयुक्त रुपमा उत्तर कोरियालाई सचेत बनाउन हरेक बर्ष यस किसिमको सैन्य अभ्यास गर्ने गर्दछन् ।
अमेरिकी प्रशान्त क्षेत्रीय सैनिकका अनुसार अमेरिकाको उक्त सैन्य अभ्यास विश्व सामु अमेरिकाको दबदबा देखाउने एक उदाहरण हो । अमेरिकी सैनिक आवश्यकता अनुसार जहाँ पनि र जहिले पनि तयारी हालतमा रहेको छ भन्ने सन्देश उक्त सैन्य अभ्यासले दिएको उनीहरुले जनाएका छन् ।
समाचारमा जनाइए अनुसार उक्त सैन्य अभ्यास दक्षिण कोरियाको तयारी अनुरुप नभएको पाइएको छ । उत्तर कोरियाको शक्तिलाई निश्तेज पार्न हाल अमेरिकी सैनिकहरुको दक्षिण कोरियामा महत्वपुर्ण भुमिका रहँदै आएको छ ।
हाल दक्षिण कोरिया उत्तर विरुद्ध एक्लै खडा हुन खोजे पनि उसले सोचे जति सफलता भने प्राप्त गर्न सकिरहेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस