सोल – दक्षिण कोरियामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको स्थिति भयावह भएको छ । पछिल्ला पाँच दिनमा देशभर संक्रमण दर तिब्र गतिमा फैलिदै गए पछि सरकारले स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएको छ ।
सोमबार मात्र २४६ जना नयाँ संक्रमित फेला परेसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५७६१ पुगेको छ भने संक्रमणबाट हाल सम्म ३०६ जनाले ज्यान समेत गुमाइसकेका छन् । पछिल्ला ५ दिनमा मात्र दक्षिण कोरियाको राजधानी सोल, इञ्चोन, छोङ्जी लगायतका क्षेत्रमा ९९१ जनामा संक्रमण पाइएको दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्ला दिनहरुमा ति प्रान्तका चर्चहरुमा समुहमा संक्रमण देखा परेको छ । चर्चबाट सुरु भएको संक्रमण हाल आएर रेष्टुरेन्ट, सैनिक बेस, कफि पसल, प्रहरी कार्यालय लगायतका क्षेत्रमा समेत पाइएको केन्द्रले जनाएको छ ।
पछिल्लो पटक सरकार विरोधि प्रदर्शनमा उत्रीएका प्रदर्शनकारीहरुमा समेत कोरोना संक्रमण फैलिएका कारण स्थिति भयावह भएको केन्द्रले जनाएको छ ।
कोरोना संक्रमणको केन्द्र बनेको सिछोञ्ची चर्चमा गत फेब्रुअरीमा समुह संक्रमण भेटिए लगत्तै सरकारले चर्चमा हुने सबै किसिमका गतिविधिहरु बन्द गराएको थियो ।
हालसम्म पनि सरकारको सामाजिक दुरी नियम कायमै रहेका बेला गत १४ अगष्टमा चर्च अधिमकारीहरुले निषेधित क्षेत्रमा हज्जारौको संख्यामा देशभरबाट मानिस भेला गराई प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सहभागी धेरै मानिसहरुमा कोरोना संक्रमण पाइए पश्चात संक्रमण देशभर पुन: फैलिएको सरकारको ठम्याई छ ।
यदि संयमता नअपनाइएमा देशको सिङ्गो स्वास्थ्य प्रणाली नै ध्वस्त हुने र संक्रमणको स्थिति भयावह हुने बताउदै केन्द्रले उक्त आन्दोलनमा सहभागी हुने सम्पुर्णलाई कोरोना संक्रमण परिक्षण गराउन तथा सेल्फ क्वार्न्टाइनमा बस्न निर्देशन समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस