काभ्रे – धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ बर्षीय बृद्धको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उहाँमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।
बृद्ध अवस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो । तर समय मै ‘ए’ प्लस पोजेटिभ रगत नपाएको परिवारले जनाएको छ । प्लाज्मा थेरापीका लागि संक्रमण भएर निको भएका जुन समूहको बिरामी हो, त्यससँगै मिल्ने समूहको रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनीसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उनीहरु दुवै जना काठमाडौंमा उपचारार्थ छन् । परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण भइरहेको छ ।
मृतकको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोनाका कारण काभ्रेका दुई जनाको मृत्यु भएको जानकारी दिएका छन् । यस अघि पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५० वर्षीया महिलाको कोरोना कै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो । उनका अनुसार काभ्रेमा संक्रमितको संख्या ८० पुगेको छ । ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस