काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)का कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको गुुठी संस्थानले जनाएको छ ।
गुठी संस्थान काठमाडौँ शाखा प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नेपाल सरकारले जात्रापर्व सञ्चालन नगर्न, नगराउन गरेको आदेशलाई कार्यान्वयन गर्दै योपटक इन्द्रजात्रा स्थगित गरिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो काट्ने साइतका लागि यही भदौ ४ गते ११ः२५ बजे तोकेको थियो । यही रात ९ः२५ बजे रुख काटेपछि भदौ १० गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराउने साइत दिएको थियो भने १४ गते इन्द्रध्वजोत्थानको साइत तोकिएको थियो ।
तत्कालीन राजा जयप्रकाश मल्लले चलाएको यसै सन्दर्भको श्रीकुमारी रथ यात्रा पनि स्थगित गरिएको छ । श्रीतुलजा भवानी, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पुजन हुन्छ तर रथ यात्रा हुँदैन, सुवेदी बताउछन् । यस्तै झन्डै २५२ वर्ष अघिदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष रोकिएको छ । जात्राका सन्दर्भमा सार्वजनिक स्थल, घर डेरामा भोज भतेर र जमघट नगर्न आग्रह गरिएको गुुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस