काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सोमबार बिहान भेटवार्ता भएको छ । नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि बोलाएपछि सभापति देउवा नेता रमेश लेखकलाई साथै लिएर बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि सहभागिता थियो । भेटवार्तामा वर्तमान कोरोना सङ्कट र समाधानका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगको पूर्णताका लागि पनि बैठकमा छलफल भएको बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । संवैधानिक आयोगकाे नियुक्तिलाई पूर्णता दिनका लागि काँग्रेस तयार रहेको सभापति देउवाले कुरा राख्नुभएको नेता लेखकले बताए ।
सोहीअनुसार बैठकमा सभापति देउवाले कोरोना नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गरेका थिए । बाढीपहिरोका कारण सिन्धुपाल्चोकसहित देशका विभिन्न भागमा धनजनको ठूलो क्षति भइरहेकाले पीडितलाई उचित राहत र समस्यामा परेकाहरूको पुनर्स्थापनाका लागि पनि सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको नेता लेखकले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस