बनेपा – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता काम नगर्न, नगराउन सबैमा अनुरोध गरेसँगै नगपालिकाहरुले सूचना जारी गर्दै सतर्कता अपनाउन आम नगरवासीमा आग्रह गरेका हुन् ।
यसैबीच बनेपा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै शनिबारबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमणको क्रम बढ्दै गइरहेको भन्दै शनिबारबाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै प्रकारका पेशा व्यवसाय पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको छ । त्यससँगै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कँदा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट जारी भएका न्यूनतम स्वास्थ्य मापदण्डको पूर्णरूपमा परिपालन गर्नसमेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
पनौती नगरपालिकाले पनि अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट दैनिकरूपमा प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको नगरप्रमुख भीम न्यौपानेले बताएका छन् ।
मण्डनदेउपुर नगरपालिकाले पनि अत्यावश्यक सामग्रीबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाएको छ । सूचना जारी गर्दै नगरपालिकाका अधिकृत मनोज अधिकारीले अत्यावश्यक वस्तु दूध, फलफूल, तरकारी, औषधि, इन्धन, पानीजस्ता सामग्री खरिदका लागि प्रत्येक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि मात्र सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै दूध सङ्कलन गर्ने सङ्कलकलाई किसानको पालो तोकेर प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म मात्र भौतिक दूूरी कायम गरी सङ्कलन गर्न आग्रह गरेको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिकामा शुक्रबार पहिलोपटक तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । सङ्क्रमण पुष्टि भएका तीन जना दुबईबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएको र समुदायमा घुलमिल नभएका कारण आतङ्कित नहुन नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले सबैमा अनुरोध गरेका छन् ।
त्यसैगरी पाँचखाल नगरपालिकाले नगर क्षेत्रमा सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा आजबाट आगामी भदौ ६ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक सेवा स्वास्थ्य, दूध, तरकारी, खाद्यान्नलगायतका वस्तु बिहान ६ देखि १० बजेसम मात्रै खुला रहने जनाएका छन् । नगरभित्र रहेका वित्तीय सङ्घसंस्था, होटल, रेष्टुरेण्ट, सैलुन, ब्युटीपार्लर र पार्टी प्यालेसलगायतका बजार पूर्णरूपमा बन्द गरिने जनाइएको छ । त्यससँगै न्यायिक समितिका संयोजकसमेत रहनुभएका नगर उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाको न्यायिक समितिको काम कारवाहीसमेत अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस