देउखुरी – गत वर्षको साउन महिनामा दाङ गढवा-७ को मक्नहवा कक्रहवा खोला पस्योे । खोला किनारामा बसोबास गर्नेहरू सुरक्षित हुन छिमेकीको घरमा आश्रय लिए । सिङ्गो गाउँ नै कटान र डुबानको उच्च जोखिममा पर्ने थालेपछि स्थानीयहरू सतर्क हुनथाले । स्थानीय सरकार र प्रहरीलाई तत्काल खबर गरे ।
गाउँपालिकामा बाट अर्को वर्ष तटबन्ध हुने आश्वासन पाए । तटबन्धका लागि नेपाल सरकारको बहुवर्षीय योजना कार्यान्वयन चरणमा थियो । त्यो वर्षको बजेट नआएपछि गाउँका ५२ घर मिलेर रकम सङ्कलन गर्न थाले ।
सङ्कलित रकमबाट जनताले तटबन्ध कार्यालयमा धाएर पाँच हजार बढी बोराहरू ल्याए । त्यही बोरामा खोलाको गिट्टी भरेर जङ्गलबाट झालासमेत बोकी अस्थायी तटबन्ध गरी गाउँ बचाए । सो कार्यमा सुरक्षा निकायबाट पनि राम्रो साथ पाए । त्यसो त गढवाको वडा नं. ६ र ७ का १२ वटागाउँका बस्ती पनि कक्रहवा खोलाको कटान र डुबानको उच्च जोखिममा थिए । स्थानीय सामाजिक अगुवा हुमाकान्त सुवेदीको पहलमा नेपाल सरकारको बहुवर्षीय योजना सफल भयो ।
सोही योजना बमोजिम कक्रहवा खोला दुवै किनारका अत्तरबेदुवा, झाली, वनकट्टी, रामपुर, हाँसीपुर, दक्षिण मानपुर, उत्तर मानपुर, मक्नहवा, झारबैरा, मनिकापुर, तल्लोमदपुर र उपल्लो मदपुरलगायत एकदर्जन गाउँबस्तीहरू बचाउन तटबन्धको बहुवर्षीय योजना पास भयो र काम सुरु भएपछि सबै गाउँहरू कटानबाट बचेका छन् ।
स्थानीय अगुवा सुवेदीले अत्तरबेदुवा र मनिकापुरदेखि मक्नहवा झारबैरासम्म दुवैतर्फ गरी १२ किलोमिटर बढी खोला तटबन्धको बहुवर्षीय योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । यता यस वर्ष सो ठेक्कामा काम गरेका बुद्ध निर्माण सेवा कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर म्यानेजर रामबाबु चौधरीले तीन किलोमिटर तटबन्धको काम सम्पन्न भएको जानकारी दिए । यस वर्षको २८ करोडको बजेटमध्ये रकम अभावका कारण डेढ करोड रुपियाँ मात्र भुक्तानी भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस