काठमाडौँ – आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।
आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।’
उनका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिए ।
आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएकाे र त्यसैले काेरोनालाई सजिलै जित्न सकेकाे एक संक्रमणमुक्त बिरामीले बताए । उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताउछन् । कतारबाट नेपाल आएका केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खाने गर्दथे ।
केसी भन्छन्, ‘अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।’
आठ दिनमा नै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केको जानकारी दिँदै उनले भने, ‘हाल हर्बल चिया र चेवनप्रासको सेवन गरिरहेको छु । अहिले म आफूलाई स्वस्थ्य र बलियो पनि महसुस गरिराखेको छु ।’
गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको अस्पतालले जनाइएको छ । डा.जोशीले पहिलोपटक भर्ना भएका २० जना कोरोना सङक्रमित व्यक्तिहरू सबै डिस्चार्ज भएकाे बताएका छन् । त्यसलगत्तै दोस्रोपटक पनि २० जना भर्ना भएकाे थियाे । जसमा १४ जना डिस्चार्ज भइसकेको जानकारी उनले दिएका छन् ।
आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले हाल अस्पतालमा १६७ जना रहेको जानकारी दिँदै भने, ‘पुरुष १२१ र महिला ४७ जना उपाचारमा रहेका छन् । उनीहरूलाई पनि सोही औषधिको प्रयोग गरिरहेका छाैँ । सबैको अवस्था सामान्य नै रहेको छ ।’ अहिलेसम्म दुई जनालाई गङ्गालाल अस्पताल र एक जनालाई आइसियुको लागि टेकु पठाइएको उनले बताए ।
भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण नदेखिएकाे डा. श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भर्ना भएका सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी सङ्क्रमितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो ।
टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञलगायत मिलेर औषधि छनोट गरिएको थियो । डा. जोशीले सङ्क्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्धा, तुलसी सुतमनी, मरिजलगायत जडीबुटीबाट बनेको औषधि खुवाइएको जानकारी दिएका छन् ।
औषधिका साथै खानामा पनि ध्यान दिएको प्रष्ट पार्दै उनले भने, ‘कोरोना सङ्क्रमणलाई भिटामिन सी, खनिजमा जिङक र सेलेनियम भएको त्यसै अनुसारको खाना मिलाएर दिने गरेका छौँ ।’
आयुर्वेदिक विधिबाट छोटो अवधिमै सङ्क्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको उनले बताए । ‘यो औषधिले कोरोना निको नै भयो भन्ने हाम्रो दाबी होइन, तर बिरामीलाई लाभ मिलेको देखिन्छ । यसमा अनुसन्धान गर्नेबारे छलफल क्रममा छौँ,’ जोशीले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस