एजेन्सी – भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार बिहान अचानक उनको अवस्था बिग्रियो । जाँच गर्दा कोरोना पोजेटिभ देखियो ।
उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । उनका शिष्य धमेन्द्र दासका अनुसार सास लिनमा अफ्टेरो भएपछि अक्सिजन सिलिन्डर पनि मगाइएको छ । औषधी सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको धमेन्द्र दासले बताए ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फोनमार्फत महन्थको स्वास्थ अवस्थाबारे बुझेका छन् । योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेर महन्थलाई मेदन्ता अस्पतालमा भर्ना गर्न भनेका छन् ।
समाचार अनुसार उनि गत केहि दिन पहिले अयोध्यामा शिलान्यास गरिएको कार्यक्रममा पनि सहभागी थिए जहाँ भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सामेल भएका थिए ।
श्रीकृष्ण जन्मभूमी न्यासका पनि अध्यक्ष
महन्थ नृत्यगोपाल श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यष हुन् । कृष्ण जन्माष्टमीमा बुधबार राती श्रीकृष्ण जन्मस्थानमा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए । उनी हरेक वर्ष यस कार्यक्रममा सहभागी हुन्छन् । यसपटक अयोध्याबाट पवित्र सरयू जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस