थिम्पु – हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ ।
सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।
सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ ।
यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ । कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो ।
तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ । पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस