काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष कपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । दुई अध्यक्षबीच साउन २० गतेपछि पहिलो पटक वार्ता भएको हो । पार्टीमा देखिएको विवाद सल्टाउन प्रयास स्वरुप अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई भेट्न दिउँसो ११ः१५ मा बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार वार्तामा दुई अध्यक्ष बाहेक महासचिव विष्णु पौडेल र स्थायी कमिटका सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्माको पनि सहभागिता छ । यसअघि साउन २० गते दुई अध्यक्षबीच वार्ता भएको थियो ।
साउन २१ गते विहानका लागि तय भएको वार्ता हुन नसकेपछि आज नौ दिनपछि दुई अध्यक्षबीच बार्ता भइरहेको छ । यसबीचमा आफ्ना पक्षीय बैठक र छलफल जारी राखेका दुवै अध्यक्षले सहमतिको प्रयास सकारात्मकरुपमा अगाडि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधाबर एक मिडियामा अन्तरवार्ता दिनुहुँदै पाँच दिनभित्र पार्टीको आन्तरिक विवाद सल्टिने जानकारी गराएका थिए । पार्टीभित्र देखिएको विवाद सल्टाउन दोस्रो तहका नेताहरु गम्भीर गृहकार्यमा रहेको पार्टी स्रोतले बताउने गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस