भरतपुर – लयमा फर्कन नपाउँदै पर्यटकीय होटल पुनः बन्द भएका छन् । कोरोना कहर बढेसँगै सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै व्यवसायीले चितवनका पर्यटकीय होटल बन्द गरेका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु होटल व्यवसायीको कर्तव्य भएको बताएका छन् । यस्ता निर्णय हतारहतारमा भइरहँदा यसले पर्यटकीय क्षेत्रमा दीर्घकालीन असर पर्ने धारणा उनको छ । “सरकारको निर्णय कार्यान्वन गर्नु पर्यो तर यो बेला बन्दभन्दा सुरक्षाका उपाय अपनाएर होटल खोल्न दिनु राम्रो हुन्थ्यो”, उनले भने ।
होटल छिर्दा हात धुने, ज्वरो आए नआएको परीक्षण गर्ने, कोठा तथा होटल वरपर पूर्ण सेनिटाइज, होटलमा काम गर्ने कर्मचारीलाई मास्क, पन्जा अनिवार्य लगायतका मापदण्ड पूरा गरेर मात्रै होटल सञ्चालन गरिएको अवस्थामा बन्द मात्रै समस्याको समाधान नभएको उनको तर्क छ ।
“सरकारले होटल खोल भन्यो । घर बिदाका कर्मचारी बोलाएर होटल सरसफाइ र रङरोगन गर्दै खोलेका के थियौँ फेरि सरकारले बन्द गर भन्यो”, उनले भने । अहिले आफूहरूले होटलको सरसफाइ र रङरोगनमा गरेको खर्च व्यर्थमा गएको उहाँको भनाइ छ ।
“यसै होटल बन्द थियो, कर्मचारी पनि घरमै बसेका थिए । होटल खोलिने भयो भनेर बोलाइयो, अब फेरि उनीहरूलाई बिदामा घर जाऊ भन्दा होटल सञ्चालक र कर्मचारीबीचमा भाँजो आउने काम भयो”, अध्यक्ष भट्टराईले भने ।
सौराहामा अवस्थित जङ्ल सफारी लजका सञ्चालक सुमन घिमिरे आफूले १० जना कर्मचारी बोलाएर होटल सञ्चालनमा ल्याए पनि पुनः बन्द गर्नु परेको गुनासो गर्दछन् ।
“सरसफाइ र रङरोगनमा मेरो १० लाख रुपियाँ खर्च भयो । फेरि बन्द गर्दा पुनः खोल्ने बेलामा यो खर्च दोहोर्याएर गर्नुपर्छ”, घिमिरको दुःखेसो थियो । यो समस्या प्रायः सबै
होटलको हो ।
“रेस्टुरेन्टमा भीडभाड गरेर खान नपाउनु स्वाभाविक हो तर होटल त आफैँ आइसोलेसनमा छन् नि । शान्त रूपमा कोठाभित्र बस्ने कुरालाई रोक्नु राम्रो हैन”, उनले भने । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदा ६० जना कर्मचारी आवश्यक पर्ने र उनीहरू अहिले बिदामा रहेको
उनले बताए ।
यसरी होटल बन्द हुँदा चितवनमा हरेक दिन डेढ करोड रुपियाँको हाराहारीमा घाटा हुने गरेको तथ्याङ्क व्यवसायीसँग छ । चितवनका २२५ पर्यटकीय होटलमध्ये सौराहामा मात्रै ११० छन् । चितवनको सौराहासँगै भरतपुर, मेघौली,
पटिहानी र इच्छाकामनामा पर्यटकीय होटल छन् ।
कोरोना कहरसँगै बन्दाबन्दीका कारण गत चैत ११ देखि बन्द पर्यटकीय होटललाई सरकारले विशेष सुरक्षा अपनाउँदै गत साउन १५ गते खोल्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले होटल र रेस्टुरेन्टमा बसेर खान नपाइने निर्णय गर्यो । सरकारको निर्णयअनुसार होटल तथा रेस्टुरेन्टलाई अब सामान प्याक गरेर बिक्री गर्ने ‘टेक अवे’ सुविधा मात्रै छ ।
यस्तै होटलहरूमा गोष्ठी, सेमिनार, बैठक, सभा समारोह तथा भोजभतेरसमेत गर्न नपाइने गरी सरकारले रोक लगाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस