सोल – दक्षिण कोरिया हाल इतिहासकै लामो मनसुनको पिडा भोगिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस अघि सन् २०१३ मा मापन गरिएको सबै भन्दा लामो मनसुनको रेकर्ड यस बर्ष तोडिएको छ । विभागले मनसुन अझै एक हप्ता लम्बिने समेत बताएको छ ।
हाल सम्म ७५१२ जना मानिसहरु उक्त मनसुनी बर्षाकाट प्रत्यक्ष पिडित भएका छन् भने ३०४६ जना व्यक्तिहरु घरबार विहिन बनेका छन् । बर्षाकै कारण आएको बाढीका कारण ३९ जनाले ज्यान गुमाइसकेका छन् भने ११ जना अझै बेपत्ता छन् । बाढीकै कारण २०, ००० बढी संरचनामा क्षति पुगेको विभागले जनाएको छ ।
अझै पनि दक्षिण कोरियामा मनसुन निश्क्रिय हुन समय लाग्ने भन्दै दक्षिणि क्षेत्रका मानिसहरुलाई सचेत रहन विभागले अनुरोध गरेको छ । छेजु आइल्याण्ड लगायतका क्षेत्रमा अझै केही दिन भारि बर्षाको सम्भावना रहेको पनि विभागले बताएको छ ।
बिहिबार बिहानबाट देशको केन्द्रिय भुभागमा बर्षातको सम्भावना उच्च रहेको बताउदै सम्बन्धित क्षेत्रका बासिन्दालाइ सतर्क रहन समेत अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस