पाल्पा – पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
जिप दुर्घटनामा परी निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी–४, मित्याल काफलका तीन महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको हो ।
निस्दी रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा निस्दी–५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहेका छन् ।
त्यस्तै निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरी हवल्दार यादवले जानकारी दिएका छन् ।
सडक भाँसिएर जीप दुर्घटनामा परेको निस्दी–४, का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिए । जिप सडकदेखि करिब सात सय मिटर तल खसेको छ । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेका छन् । जिपमा सवारी चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस