काठमाडौं – रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दर्ता गरिएको मङ्गलबार जानकारी दिएका हुन् । कोभिड–१९ विरुद्धको उक्त खोपलाई ‘मेगेमल’ नामाकरण गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्ष प्रसारण गरिएको मन्त्रीपरिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले खोप सबै आवश्यक परीक्षणबाट गुज्रिसकेको बताएका छन् । रुसी राष्ट्रपति पुटिनले उच्च ज्वरो मापन गरिएको आफ्नो एक छोरीमा खोप लगाइएको जानकारी दिएका छन् । खोप लगाएपछि छोरीको स्वास्थ्यमा सुधार आएको उनले बताए ।
रुसले विकास गर्न लागेको खोपको सुरक्षा, प्रभावकारिता र आवश्यक प्रकृया पुरा नगरेको आरोप लागिरहँदा खोप विकास सम्बन्धी यसप्रकारको जानकारी बाहिर आएको हो ।
रुसी अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा खोपको दर्तापछि तेस्रो चरणको परीक्षण सुरु गरिने जनाएका थिए । रुसले विकास गरेको खोप सम्बन्धी वैज्ञानिक तथ्याङ्क सार्वजनिक गरिसकेको छैन् ।
क्रेमलिनको राजनीतिक दबाबका बीच रुस विश्वब्यापी वैज्ञानिक अन्वेषणको शक्ति रहेको चित्रण गर्न खोप सम्बन्धी सूचना बाहिर आएको हुनसक्ने सीएनएनको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस