काठमाडौँ – नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।
कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिएका छन् ।
उनले भने- अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ ।
उनका अनुसार औषधि खरिद गर्न सेनाले रक्षा हुँदै परराष्ट्र मन्त्रालय मार्फत भारतको विदेश मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसपछि औषधि आपूर्ति गर्न सिफारिस गरिएको बीपीपीआई भन्ने कम्पनीसँग जङ्गी अड्डाको खरिद एकाइले ‘मोड अफ पेमेन्ट’ तथा ‘मोड अफ डिलेभरी’ का लागि पत्र पठाए पनि उक्त कम्पनीबाट मूल्यसूची प्रस्ताव आउन नसकेको प्रवक्ता पौडेलले बताएका छन् ।
सिफारिस भएको उक्त कम्पनीले आपूर्ति गर्न सम्झौता नगर्ने, बिना सम्झौताकै औषधि खरिद गर्नुपर्ने, एकैचोटि पूरा भुक्तानी गर्नुपर्ने लगायतका माग राखेकाले खरिद प्रक्रिया अगाडि बढ्न नसक्ने उनले स्पष्ट पारे। कम्पनीसँग औषधि विदेश निर्यात गर्ने प्रमाणपत्र समेत रहेको छैन ।
प्रवक्ता पौडेलले नेपालले खरिद गर्न खोजेका औषधिको निर्यातमा त्यस बेला भारतले रोक लगाएको अवस्था थियो । त्यसपछि निर्वाध रूपमा ती औषधि नेपालमा आयात हुन सुरु भयो । अहिले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आयात भइरहेको छ, कुनै पनि औषधिको आयातमा रोक नलगाइएको जानकारी दिएका छन् ।
उनले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आइरहेको र सहज तरिकाले सजिलै चाहिएको परिमाणमा उपलब्ध भइरहेकै हुनाले भारतसँग खरिदको आवश्यकता पनि नदेखिएको बताएका छन् । रकम भुक्तानी कसरी गर्ने, औषधि खरिद गर्न नेपाली सेनालाई प्राप्त भएको रकम सीधै पठाउन नमिल्ने देखिएको अवस्थामा परराष्ट्र मन्त्रालयबाट पठाउने लगायतका विषयमा छलफल हुँदाहुँदै आर्थिक वर्षको अन्त्य पनि भयो र हाम्रो आवश्यकता पनि रहेन र यो विषय यत्तिकै टुङ्गियो, उनले अगाडी भने ।
चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेना मार्फत सरकारदेखि सरकार (जीटूजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।
त्यसपछि सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई औषधि लगायतका स्वास्थ्य सामग्री खरिद गर्न पत्राचार गरेकोमा भारत र चीनले मात्र औषधि खरिद गर्ने प्रतिउत्तर पठाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस