वि.सं.२०७७ साल साउन २५ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–षष्ठी,५७ घडी ०० पला,रातको ०४ बजेर २० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,३१ घडी ४३ पला,बेलुकी ०६ बजेर १३ मिनेट उप्रान्त अश्विनी । योग–धृति,०४ घडी ०० पला,बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त शूल । करण– गर,दिउसो ०३ बजेर १९ मिनेट उप्रान्त वणिज,रातको ०४ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन,बेलुकी ०६ बजेर १३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ०३ पला । विश्व आदिवासी दिवस। पञ्चक बेलुकी ०६ बजेर १३ मिनेटमा समाप्ती ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउने तथा लगानि नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियम संगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ । राम्रो हुने आषामा धेरै बस्तु त्याग्नु पर्ने बाध्यता आउनेछ । तरपनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशि भुमिमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानिका स्रोहरु बढाउँन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ । साझपख छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सानो लगानि गर्दापनि समयले साथ दिने हुनाले लगानी फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम तथा अध्ययनको शिलशिलामा छोटो दुरिको यात्रा हुने ग्रहयोग रहेकोछ । प्रेमको बन्धन कसिनेछ भने आगामाी दिनमा योग्य बरबधुको लगन गाठो बाधिने सहमति जुराउन सकिनेछ । धार्मिक क्षेत्रको यात्रा हुने तथा धार्मिक प्रवचन सुन्ने अवसर जुर्नेछ । अध्ययनमा शुभचिन्तक तथा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै राम्रो नतिजा हात पार्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदिबहिनि सँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । व्यापारको लागी साझपखको समय राम्रो रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
व्यापार तथा जागिरमा सन्तुष्ट हुने समय रहेकोछ । व्यापार तथा व्यापार बिस्तारकै सवालमा यात्रा हुनेछ । पढाई लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धि हासिल हुनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । साझपख सवारी साधन चलाउदा वा बाटो काट्दा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रतिष्पर्धि तथा सत्रुहरुलाई किनारा लगाउदै बिजय हुने योग रहेकोछ । बिद्या तथा नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसाय अर्थात पछिसम्म फाईदा हुने काम सुरु गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईनाले मन प्रसन्न हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारि साधनको कारोबार फस्टाएर जानेछ । साझपख पढाइ लेखाइमा प्रगति गर्दै सफलता हात पार्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
छोटो तथा रमाईलो यात्रा हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । साझपख घरजग्गा सम्बन्धी विवाद हुन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दागर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरि प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फन अरुको मन आकर्षित गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस