एजेन्सी – कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ । त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ ।
उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिलयता १ सय जना बिरामीहरुको निरन्तर फलो अप गरिरहेको छ । एक वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणको फलोअप जुलाईसमा सकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यी १ सय जना बिरामीहरुको औसत आयु ५९ वर्ष रहेको छ ।
पहिलो चरणको नतिजाअनुसार ९० प्रतिशत अर्थात् ९० जना बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामै छ । जसको अर्थ उनीहरुको फोक्सोको भेन्टिलेशन र ग्यास एक्सचेन्ज कार्य अझै स्वस्थ व्यक्तिहरुको स्तरमा आइसकेको छैन भन्ने हो ।
पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडाएर परीक्षण गरेको थियो । जसअनुसार उनीहरु ६ मिनेटमा ४ सय मिटरमात्रै हिंड्न सकेको देखियो, जबकि स्वस्थ व्यक्तिले यही अवधिमा ५ सय मिटर हिँड्न सक्छन् । दोङजिमिन अस्पतालका डाक्टर लियाङ तेन्गसियओका अनुसार निको भइसकेका केही बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अझै अक्सिजन मेसिनको सहारा लिन बाध्य छन् ।
लियाङको टिमले निको भइसकेका ६५ वर्षमाथिका बिरामीहरुको पनि फलो अप गर्दैछ । बिरामीहरुले डिप्रेसन र केही हदसम्म लोकलाजको पनि सामना गर्नुपरेको मिडिया रिपोर्टमा जनाइएको छ । निको भइसकेका अधिकांश बिरामीकाअनुसार परिवारका सदस्य उनीहरुसँग एउटै टेबुलमा बसेर खाना खाने इच्छा देखाउँदैनन् । निको भएका १ सयमध्ये आधाभन्दा पनि कम व्यक्तिमात्रै काममा फर्केको रिपोर्टमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस