सोल- दक्षिण कोरियाले विश्व खाद्य संगठन अन्तरगतको उत्तर कोरिया सहयोग कार्यक्रमका लागि १० मिलियन अमेरिकी डलर सहयोग रकम विनियोजन गरेको छ । उत्तर कोरियाली महिला तथा वालवालिकाहरुका लागि पौष्टिक आहार तथा अन्य खाद्यान्न कार्यक्रमका लागि उक्त रकम बिनियोजन गरिएको एकिकरण मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार दक्षिण कोरियाको उक्त निर्णयले हाल परमाणु हतियार उत्पादन तथा परिक्षणका कारण गरिएको नाकाबन्दीलाई कुनै असर गर्दैन । यो दक्षिण कोरियाको नियमित कार्यक्रम समेत हो ।
गत बर्ष पनि दक्षिण कोरियाले उत्तर कोरियालाई ५०, ००० मेट्रिक टन खाद्यान्न तथा ४.५ मिलियन अमेरिकि डलर नगद सहयोग गरेको थियो । यस बर्ष उपलव्ध गराईएको उक्त सहयोग रकमले ७ बर्ष मुनिका करिव १ लाख ४३ हजार बालबालिकाहरुलाई ९००० टन पौष्टिक आहार उपलव्ध गराईने छ । त्यसका अलावा ३१ हजार ५ सय गर्भावति महिलालाई ३६०० टन मकै तथा अन्य खाद्यान्न उपलव्ध गराइने छ ।
मन्त्रालयले उक्त सहयोग रकम संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व खाद्य कार्यक्रम मार्फत उत्तर कोरियालाई उपलव्ध गराउने छ । नाकाबन्दिका वावजुत न्युनतम मानवीय मुल्य र मान्यता अनुरुप उक्त सहयोग गरिएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस