तनहुँ- तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ थप्रेकका विष्णुबहादुर राना र कृष्णबहादुर रानाको डेढ वर्षको छोरा नारायण रानाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
आफ्नै घरको आगनमा खेली रहेको बेला मङ्गलबार साँझ चितुवाले आक्रमण गरी लगेको बुधबार राती घर नजिककै जङ्गलमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जगदिश रेग्मीले जानकारी दिएका छन् ।
प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा बालकको हात र टाउको मात्रै भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । तनहुँमा चितुवा आतङ्क रोक्न सकिएको छैन । दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट १० बालबालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस