सोल -कोरियामा आपतकालिन परोपकार कोष स्थापनार्थ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विभिन्न ठाउंमा नेपाली कथानक चलचित्र जात्रा प्रर्दशन गर्ने भएको छ ।हालसम्म बुसान,थेगु र जिन्जुमा फिल्म प्रर्दशन हुने निश्चित भैंसकेको छ । बुसानमा जनवरी १,थेग जनवरी ८ र जिन्जुमा डिसेम्बर १८ मा फिल्म प्रर्दशन हुने मिति तय भएको महासंघका अध्यक्ष खेम कार्कीले बताए ।
नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ । नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ ।
सउलमा डिसेम्बरको अन्तिम आईतबार पारेर फिल्म प्रदर्शन गर्ने योजना रहेको आयोजक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले जनाएको छ । महासंघले थेजन,मोक्पो ,ख्यंग्जु, लगायत ठाउमा फिल्म प्रर्दशन गर्न चाहनेले महासंघका पदाधिकारीसंग सम्पर्क गर्न भनेको छ ।
फिल्म प्रदर्शनको बारेमा कोरियामा
०१०६४५३३०५०,
०१०६५३३७४३१,
०१०४८३३६९०८मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस