भक्तपुर-जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको छ ।
आज रफत संचार क्लवमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषणा गरिएको हो ।
नेकपा माओवादी पुनगठन भएको घोषण गर्दै नव–गठिन नेकपा माओवादीका अध्यक्ष जुनेल जीपीले हाल सत्तारुढ दल नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागी मात्र लडाई गरेकाले बाध्य भएर आफूहरुले नेकपा माओवादी पुनर्गठन गर्न बाध्य भएको बताए ।
देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले नेकपा माओवादी पुनर्गठन गरेको भन्दै उनले भने ‘प्रचण्ड र बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्धका घाइते, अपागं, मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो ।’
घोषणा सभा कार्यक्रममा नव–गठित नेकपा माओवादीका प्रवक्ता डेनीस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूहरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताए ।
उहाँले हालको अवस्था सम्म पुग्न १० वर्ष जनयुद्धका नाममा प्रचण्ड लगायतका नेताले १७ हजारको बलिदानलाई सत्ताका लागि खुडकिलो मात्र बनाएका कारण आफूहरु ती सहिदको भावनालाई मध्यनजर गर्दै नवगठित पार्टी घोषणा गरिएको बताए ।
उक्त नवगठिन नेकपा माओवादीमा साविक नेकपा माओवादी केन्द्र सँग आवद्ध भएका ३१ सदस्यीय नेताहरुले पार्टी पुनगठन गरेका हुन् ।
हालै साविक नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको थियो । नवगठिन नेकपा माओवादी घोषणाले सत्तारुढ दल नेकपा र राष्ट्रिय राजनीतिमा हलचल आउने राजनीतिक विश्लेषकहरुको अनुमान रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस