काठमाडौँ, साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ ।
चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ । त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ । यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ । यो दिन पशुपतिनाथ गोसाइँकुण्ड स्नान गर्न जानुहुने भएकाले पशुपतिनाथलाई आइतबार नै जनै फेराइएको छ । कतिपय यजमानले कोरोना सङ्क्रमणबाट बच्न आफ्ना पुरोहितलाई सेनिटाइजर, मास्क र पञ्जा लगाएर मात्र डोरो बाँध्न आइदिन अनुरोध गरेको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशी बताउछन् ।
बाग्मती अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. अञ्जु कार्कीले स्नानका लागि नदी, तलाउ, कुण्ड, घाट, त्रिवेणीमा स्नान गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भएकाले यस्ता जमघटबाट बच्न सुुझाव दिएका छन् । यज्ञोपवित्रसँगै दिदीबहिनीले दाजुुभाइलाई राखी बाँध्ने चलन पनि देशको मधेस संस्कृतिमा रहेको छ ।
क्वाँटी खाने प्रचलन
जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महìव रहने संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिएका छन् । हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौँ, जोशीले थपे, खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण यो मौसममा क्वाँटी खाने चलन गरिएको उनको भनाइ छ । मास, भटमास, मस्याम, हरियो, सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुङलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विशेष गरेर नेवारी परिकार हो । क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा. अरुणा उप्रेती बताउछिन् । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रूपमा लिइन्छ ।
आयुर्वेदविज्ञ डा. हेमकुमारी अधिकारी कोरोना सङ्क्रमणको महामारी बढ्दो क्रममा रहेकाले सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिने र त्यसको काम क्वाँटीले पूूरा गर्ने बताउछिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस