मकवानपुर: आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो ।
वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्नुभएको हो । अर्को गाउँको २० वर्षीय केटाले १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउने बित्तिकै उनी बालविवाह विरुद्ध उत्रिइन् ।
छोरीको बालविवाह हुन लागेको भन्दै उनले वडाध्यक्ष दीपकसिं लामालाई फोन गरेकी थिइन् । वडाध्यक्ष लामाले आफ्नै वडामा बालविवाह भएको सूचना पाउने बित्तिकै सामाजिक विकास मन्त्रालयमा खबर गरे । लगत्तै मन्त्रालयले बालविवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालविवाह रोकियो ।
बालविवाहमुक्त वाग्मती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, शिविन बाल हेल्पलाइन हेटौंँडाका प्रमुख झविन्द्र ज्ञवाली, वडाध्यक्ष लामा, थाहा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिव पाल्साङ लामा, लेकाली बसिफाँट माविका अध्यक्ष विनोदकुमार लामालगायतको टोली गाउँमै पुगेर सम्झाइबुझाई गरेपछि बालविवाह रोकिएको छ ।
तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ (सगुन) नस्वीकारेसम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर विवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो विवाहलाई मान्यता दिइँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस