रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए ।
मिखाइल मुराश्कोलाई उद्धृत गर्दै रुसी मिडियाले सबैभन्दा पहिले त डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सले नाम नखुलाईएको स्रोतलाई हवाला दिँदै रुसको सम्भावित कोरोना भ्याक्सिनलाई यो महिना नियामक निकायले मञ्जुरी दिनेछ ।
यद्यपि, तीब्र गतिमा कोरोना भ्याक्सिन बनाउने रुसको कोसिसको विषयमा धेरै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार अमेरिकामका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले रुस र चीनले आफ्ना नागरिकलाई कोरोना भ्याक्सिन दिनु अघि यससँग जोडिएका सबै परीक्षण वास्तविक रुपमा नै गरिरहेका छन् भन्ने कुराको आशा गरिरहेको बताएका छन् ।
डाक्टर फाउचीले भनेका छन्, ‘यो वर्षको अन्त्यसम्म अमेरिकासँग सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन उपलब्ध हुनेछ ।’
उनले भने, ‘मलाई लाग्दैन कि कोरोना भ्याक्सिन मामिलामा आधुनिक भ्याक्सिनका लागि हामीले कुनै अन्य देशमा निर्भर हुनु पर्नेछ ।’
थुप्रै स्थानमा चलिरहेको छ भ्याक्सिन बनाउने कामः
हाल संसारभरीका थुप्रै देशमा कोरोना भाइरसको भ्याक्सिन बनाउने काम तीब्र रुपमा अघि बढिरहेको छ र करिब २० भ्याक्सिनको क्लिनिकल ट्रायल पनि सुरु भइसकेको छ ।
इन्टरफेक्स न्यूज एजेन्सीका अनुसार रुसी स्वास्थ्यमन्त्रीले मस्कोमा रहेको गामालेया इन्स्टिच्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको काम पूरा गरिरहेको र अब यो यसलाई रजिस्टर गर्नका लागि कागजी प्रक्रियामा व्यस्त भएको जानकारी दिएका छन् ।
स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘हामी अक्टोबरमा खोप अभियानको योजना बनाइरहेका छौं ।’
अघिल्लो महिना रुसी वैज्ञानिकले गामालेया इन्स्टिच्यूटले एड्रेनोवायरस बेस्ड कोरोना भ्याक्सिनको सुरुवाती ट्रायल पूरा गरिसकेको छ र यसको नतिजा सकारात्मक भएको बताएका थिए ।
अघिल्लो महिना नै ब्रिटेन, अमेरिका र क्यानडाका सुरक्षा एजेन्सीले रुसको एक ह्याकिङ समूहमाथि कोरोना भ्याक्सिनको कामका जुटेको संस्थामाथि साइबर हमला र जानकारी चोरेको आरोप लगाएका थिए ।
स्रोतः बीबीसी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस