सोल: दक्षिण कोरियाली प्रहरीले कोरोना भाइरस विरुद्धको लडाईमा असहयोग गरेको तथा सरकारलाइ झुटा विवरण पेश गरेको आरोपमा सिछोञ्ची चर्चका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सोल नजिकै सुवनको स्थानीय अदालतले शनिवार उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
८९ बर्षिय उक्त चर्च प्रमुख ली म्यान ही विरुद्ध उक्त पुर्जी जारी गरिएको हो । उनी विरुद्ध सरकारी स्वास्थ्य टोलीलाई झुटो विवरण बुझाएको, सरकारको निर्देशन विपरित सभा सम्मेलन गरेको आरोप लगाइएको छ । उक्त चर्च दक्षिण कोरियामा कोरोनाको हटस्पट समेत बनेको थियो ।
यसका अलावा उनीमाथि चर्चको ४.६८ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति दुरुपयोग गरेको तथा सन् २०१५-१९ मा गैरकानुनी धार्मीक गतिविधि सञ्चाला गरेको आरोप समेत लगाइएको छ ।
उक्त चर्चसँग सम्बन्धित करिव ४००० जनामा कोरोना संक्रमण पाइएको थियो । उनलाई पक्राउ पुर्जी जारी गर्दै अदालतले उमेर र स्वास्थ्य अवस्था हेरेर जेलमा राख्ने या अरु कारवाही गर्ने बारे निर्णय हुने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस