काठमाडौँ: सर्वोच्च अदालतले बन्दाबन्दीका कारणले घर भाडा तिर्न नसकेका व्यक्तिलाई घरबाट निकाल्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । ओबीसी महासङ्घका तर्फबाट प्रदेश–२ का मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विपक्षी बनाइएको रिटमा सर्वोच्चले घर भाडामा बस्ने तथा व्यवसाय गर्न भाडामा लिनेलाई घरबाट निस्कन बाध्य पार्ने काम नगर्न आदेश जारी गरेको हो । घर भाडा नतिर्न अन्तरिम आदेश जारीको मागलाई भने अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दाबन्दीको असर एक क्षेत्र विशेष नभएर देशव्यापी समस्या भएकाले बहालबारे अन्तिम सुनुवाइमा नै आदेश हुने उल्लेख गरेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘घर भाडाको विषय भाडामा दिने र बस्ने बीचको आपसी सम्झौता, सहमति र मानवीय सोच विचारका आधारमा निर्णय गर्नुपर्ने विषय हुँदा घर बहालमा बसेका व्यक्तिलाई बन्दाबन्दी अवधिभर तत्काल बहाल दिन नसकेको अवस्थामा पनि बहालमा बस्ने र व्यवसाय गर्नेलाई घरबाट निस्कन बाध्य नपार्ने, निस्कन नभन्ने, सो आधारमा दुव्र्यवहार नगर्ने र नगराउने विषयमा स्थानीय वडा कार्यालयले अनुगमन र सुपरिवेक्षण गर्नेगरी व्यवस्था मिलाउन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । ’
अदालतले आदेश कार्यान्वयनको अनुगमन सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्ने उल्लेख गरेको छ । यस्तै बहाल कर तिरेको रसिद नभएका कारणले भाडामा बस्नेले राहत पाउन नसकेको अवस्थामा बन्दाबन्दीको अवधिमा कर नतिरे पनि सुविधाबाट वञ्चित नगर्न अदालतले आदेश गरेको छ । ओबीसी महासङ्घले बन्दाबन्दीका कारण व्यवसाय नै सङ्कटमा परेको भन्दै सो अवधिको घर भाडा नतिर्ने आदेशका लागि रिट दायर गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस