संयुक्त राष्ट्रसंघको उत्तर कोरिया हेर्ने विभागले दक्षिण कोरियामा भइरहेका उत्तर कोरिया विरोधी प्रदर्शनमाथि भईरहेको नियमनका बारेमा प्रश्न गरेको छ । राष्ट्रसंघले उनीहरुको उक्त उत्तर कोरिया विरोधी प्रदर्शन रोक्नुको कारणबारे विस्त्रित जानकारी मागेको छ ।
रेडियो फ्री एसिया सँगको अन्तरवार्तामा संयुक्त राष्ट्रसंघका उत्तर कोरिया स्थित विषेश प्रतिनिधि थोमस ओजिया क्विन्टानाले सोलले हालै उत्तर कोरियाली मानव अधिकार कर्मीहरुमाथि गरिएको कारवाहीको बारेमा गम्भिर चासो व्यक्त गर्दै उक्त माग गरेका हुन् ।
विश्वका सबै देशमा शान्तिपुर्ण तरिकाले आफ्ना माग राख्न पाउने नागरिकहरुको अधिकार रहेको बताउदै दक्षिणले उत्तर कोरियाबाट विस्थापित नागरिकहरुको उक्त आन्दोलनमा गरेको दमनको बारेमा चासो राख्दै कारण समेत माग गरेका हुन् ।
उनले दक्षिण कोरियालाई उक्त आन्दोलन दवाइनुका बारेमा जानकारी दिन अनुरोध गरिएको तथा दक्षिण कोरियाका सरकारी अधिकारीहरु सँग उक्त विषयमा सम्पर्क सणथापित गर्ने प्रयास समेत भइरहेको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघबाट औपचारिक निर्देशन नआए पनि मानव अधिकारका दृष्टिकोणले आफूले उक्त जानकारी माग गरेको उनले बताएका छन् ।
उत्तर कोरियाबाट निस्काशित नागरिकहरुले केही समय अगाडी उत्तर कोरिया विरोधि गतिविधि गरेका थिए । सोहि कारणले उत्तर दक्षिण सम्बन्धमा थप चिसोपना आए पश्चात दक्षिण कोरियाले त्यहाँ हुँदै आएका सम्पुर्ण प्रदर्शनहरु बन्द गराएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस