काठमाडौँ: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सैनिक लगेको थियो ।
निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो । जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी बुधबार राति काठमाडौँ फर्किएको निगमले जनाएको छ । निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सैनिकलाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।
आज अन्तर्राष्ट्रियतर्फ छ उडान हुँदैछन् । दक्षिण कोरियाबाट कोरियन एयरले काठमाडौँमा चार्टर्ड उडान गर्नेछ भने हङकङबाट क्याथे ड्रागन र इनचानबाट एशियन एयरको जहाज काठमाडौँ आउनेछ । आजै हिमालय एयरलाइन्सको जहाज कुनमिङमा एक र कुवेतमा दुई उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।
रासस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस