काठमाडौँ, बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको हो ।
विशेषले सर्वोच्चको फैसला अनुसार उपत्यकाका सेवाग्राहीको हकमा साउन ८ गतेपछि र उपत्यका बाहिरका सेवाग्राहीका हकमा भदौ १ पछि मुद्दाको म्याद र हद म्यादको समय तोकेको छ । उक्त समयबाट ३० दिनसम्म म्याद र हद म्याद गणना हुनेछ ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले सर्वोच्चको फैसला अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि आन्तरिक कार्ययोजना बनाइएको बताएका छन् । पाण्डेयका अनुसार अदालतले कोरोना जोखिम न्यूनीकरणका लागि न्यायाधीश, कानुन व्यवसायी, कर्मचारयी र सेवाग्राहीको ज्वरो मापन अनिवार्य गरेको छ । अदालत प्रवेश गर्ने सबैको अभिलेख राख्ने कार्ययोजनामा उल्लेख छ ।
अदालत प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराउने जिम्मेवारी सुरक्षाकर्मीलाई तोकिएको छ । यस्तै आगन्तुकको अभिलेखको जिम्मेवारी अदालत प्रशासनको समन्वयमा सुरक्षाकर्मीले नै गर्नेछन् ।
अदालतको मुद्दा फाँटमा अत्यावश्यक बाहेक अन्य कर्मचारीलाई निरुत्साहित गर्नेगरी आन्तरिक व्यवस्थापन अदालतले गरेको छ । मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गर्ने प्रतिवादीलाई आलोपालो र आवश्यकता अनुसार दायरी कक्षमा पेस गर्ने व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ । बयानका क्रममा आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गराउने कार्ययोजनामा छ । पेसी तारेख लिन आउने सेवाग्राहीलाई प्रतीक्षा कक्षमा बस्ने व्यवस्थापन गरी काउन्टर तथा झ्यालमा आमन्त्रण गरी सेवा दिने व्यवस्थापन प्रशासनले मिलाउने कार्ययोजनामा उल्लेख छ ।
अदालतले इजलासभित्र समेत तोकिएको दूरी कायम हुनेगरी कानुन व्यवसायी र पक्षको प्रतिनिधित्व गराउने भएको छ । आवश्यकता अनुसार इजलासभित्र बस्न दिनेगरी इजलास बाहिर खाली स्थानमा बस्ने व्यवस्था मिलाउने कार्ययोजनामा छ । सुनुवाइको समयमा पक्ष वा वारिसलाई माइकबाट बोलाउने व्यवस्था हुने कार्ययोजनामा छ । कानुन व्यवसायीलाई समेत आलोपालो गरेर बहसमा उपस्थित हुने व्यवस्था मिलाउने गरी कार्ययोजना बनाइएको छ ।
रासस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस