काठमाडौं- नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना काेभिड १९ सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिँदैछ ।
नेपालमा हाल पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ । सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो अर्थात् नेपालमा अहिलेको सक्रिय सङ्क्रमितको ०.४१ प्रतिशत बिरामीलाई सघन उपचार कक्षमा उपचार गरिँदैछ ।
छिमेकी राष्ट्र भारतमा भने कोभिड–१९ को सङ्क्रमितको करिब चार प्रतिशत बिरामीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता महसुस गरिएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको छ । प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको हो ।
शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस