विराटनगर : विराटनगरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएसँगै कोरोना भाईरस (कोभिड–१९) संक्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् ।
ट्राभल्स हिस्ट्री बिना नै स्वास्थ्यकर्मीमा सुरु भएको संक्रमणले उनीहरुसम्म स्वास्थ्य परीक्षणका लागि आएका विरामीमा समेत जोखिम बढेको छ ।
मंगलबार मात्रै विराटनगरका दुई अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । विराटनगरमा १८ जनामा मंगलबार संक्रमण पुष्टि भएको विराटनगर महानरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
संक्रमितमध्ये एकजना चिकित्सकसहित सातजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । आइतबार साँझ कोशीको पोस्टनेटल वार्डमा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार उनैको सम्पर्क पहिचानका आधारमा ३१ जनाको स्वाब संकलन गरिएकोमा ७ जनाको पोजेटिभ आएको हो ।
यसैगरी विराट नर्सिङ होम (विराटनगर अस्पताल) का तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटका सञ्चालकलाई अघिल्लो हप्ता मंगलबार संक्रमण पुष्टि भएको थियो । त्यसपछि सम्पर्क पहिचानका आधारमा आइतबार चारजना नर्समा संक्रमण पुष्टि भएको थियो ।
मंगलबार थप तीनजनामा संक्रमण पुष्टि भएको हो । विराटनगर ६ मा ३८ र ५४ वर्षीय दुई पुरुष, विराटनगर–१० मा ३७ वर्षीया महिला र ३५ वर्षीय पुरुष, विराटनगर–१३ मा एक पुरुष र विराटनगर–५ मा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस