पर्वत, साउन १३ गते । पर्वतको दुर्लुङमा गत जेठ ३१ गते राति गएको पहिरोको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न भूगर्वविद्ले सिफारिस गरेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका ती घर अत्यन्त जोखिममा रहेको जनाएको छ । पहिरोमा परी कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा नौ जनाको अकालमा मृत्यु भएको थियो ।
भूगर्वविद्को टोलीले पहिरो जानुका कारण र त्यस क्षेत्रका जमिनको आगामी अवस्थाबारे प्रतिवेदन बुझाएको छ । “पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आँकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।” अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बाँस्कोटाले भने, “पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इञ्जीनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ ।”
अध्ययनले पहिरो जाँदाको दिन करिब तीन घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमिनमा पहिरो उत्पत्ति भई सतहको माटो र रुख बिरुवासमेत बगेको जनाएको छ । केही तलको समथर स्थानमा छोटो समय थुनिन गई एक्कासी विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्तीमा पहिरोले बगाएर ल्याएको गेग्रान थुप्रिइ दुई घरमा क्षति पुग्नुका साथै आसपासका १० घर उच्च जोखिममा रहेको अध्ययनले निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा काफलबोट÷काउलेका सात घर र खेतसहितको जमिन अस्थिर भई तलतिर विस्तारै सर्ने क्रममा रहँदा घरहरु ढल्केको तथा चर्केको अवस्थामा पाइएकाले त्यस ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।
ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्वविद् बाँस्कोटाले जानकारी दिनुभयो । उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ ।
सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याँकिदा तथा साइड ड्रेन (नालीहरु) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरमा जोखिम बढेको देखिएकाले त्यस्ता काम गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।
भूगर्वविद्को प्रतिवेदनका आधारमा पहिरोबाट पूर्ण क्षति भएका दुई तथा आसपासका १० घर, काफलबोट र काउलेका सात घर र ढकालबारीबाट नुवारखोलासम्म रहेका घर सुरक्षित स्थानमा सार्न शहरी विकास मन्त्रालयमार्फत काम हुनेछ । त्यसैगरी पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइञ्जीनियरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत थप अध्ययन गरी अघि बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस