सोल- दक्षिण कोरियाबाट लुकिछिपि सिमा पार गरेका कोरोना भाइरसका संभावित संक्रमित बारे उत्तरबाट आएको समाचारमा सत्यता रहेको दक्षिण कोरियाली सैन्य अधिकारीहरुले बताएका छन् । सैन्य अधिकारीका अनुसार कसैले निशेधित क्षेत्र पार गरेको छ ।
उत्तर कोरियाले भने जस्तो उत्तर कोरियाली नागरिक नै उक्त सिमा पार गरेर गए नगएको अनुसन्धान पश्चात थाहा हुने भएता पनि केही मानिसहरुले उक्त सिमा क्षेत्र भने पार गरेको सैनिक अधिकारीहरुले बताएका छन् । अन्य जानकारी भने सुरक्षा उपकरणहरुको अनुसन्धान पश्चात मात्र थाहा हुने उनीहरुले बताएका छन् ।
उत्तर कोरियाले किम थर भएका आफ्ना एक नागरिक सन् २०१७ मा दक्षिण कोरिया गएको तथा उनले पैदलै उत्तर दक्षिण सिमा क्षेत्र पार गरि स्वदेश फर्किएको बताएको छ । ति नागरिकमा कोरोना संक्रमण समेत पाइएको बताउदै उत्तर कोरियाले उच्च सावधानी अपनाउने निर्णय समेत गरिसकेको छ ।
उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार सोही नाम भएका एक उत्तर कोरियाली नागरिकलाई दक्षिण कोरियामा बलात्कारको मुद्दा लागेको छ । हाल उत्तर कोरिया भागेर पुगेका कपम ति नै हुन् या हैनन भन्ने बारे भने पुष्टी भएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस