ट्युनिस – ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ ।
यसै महिनाको शुरुमा प्रधानमन्त्री एलिस फाखफाखले राजीनामा गरेका थिए । सत्तारुढ राजनीतिक दलहरुले भने राष्ट्रपति काइस साइद समक्ष ४६ वर्षीय गृहमन्त्री मेचिचीको नाम प्रस्ताव गरेका थिएनन् ।
राष्ट्रपति कार्यालयको शनिबारको वक्तव्य लगत्तै एक विज्ञप्ति जारी गरी नवनियुक्त प्रधानमन्त्री मेचिचीले सबै ट्युनिसियालीको भावनालाई समेटी नयाँ सरकार गठन गरिने बताएका छन् ।
सन् २०११ को अरब क्रान्तिपछि सफल लोकतान्त्रिक रुपान्तरण गरेको दृष्टान्त ट्युनिसियाले प्रस्तुत गरेको छ । तर कोरोनाभाइरसका कारण सीमाहरु बन्द गरिएपछि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न थालेको र जनतामा सरकारप्रति नैराश्यता देखिन थालेको छ ।
कोरोनाभाइरसका कारण ट्युनिसियामा करिब ५० जनाको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी संक्रमित भएका छन् ।
यसअघिको सरकारमा गृहमन्त्री रहेका मेचिचीले राष्ट्रपति काइसको कानुनी सल्लाहकारका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । यसअघि उनि यातायात मन्त्रालयको प्रमुख अधिकृत तथा समाज कल्याण मन्त्रालयमा समेत सेवा गरेका थिए ।
प्रधानमन्त्री मेचिचीलाई नयाँ सरकार गठन गर्न एक महिनाको समय दिइएको छ ।
प्रधानमन्त्री मेचिचीले संसदमा विश्वासको मत लिनु पर्नेछ र बहुमत सिद्ध गर्न सक्नु पर्नेछ । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संसद नै विघटन हुनेछ र तीन महिनाभित्र संसदको नयाँ चुनाव हुनेछ ।
गत अक्टोबरमा सम्पन्न आम चुनावमा इस्लामिक कट्टरपन्थी इन्नाधा पार्टीले सबैभन्दा बढी स्थान जितेको थियो तर बहुमत हासिल गर्न सकेको थिएन । अन्ततः गठबन्धन सरकार बनाउन इन्नाधा तयार भएको थियो । पाँच महिना पनि सरकार चलाउन नपाई प्रधानमन्त्री फाखफाखले जुलाईमा राजीनामा दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस